Sunday, May 31News That Matters

बेलका नगरपालिकामा पहिलो चौमासिक अवधिको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पूर्णपुष्टि, मंसिर १६
उदयपुरको बेलका नगरपालिकाको आयोजनामा नगरभित्रका ९ वटै वडाको पहिलो चौमासिक अवधिको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार सम्पन्न भएको छ । नगर भित्रका योजना, जिन्सी, आर्थिक, पशु,खेलकुद,पञ्जिकरण, वन, भूमि, लगाएत सम्र्पूण शाखाको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सुशासनका हिमायती (जि क्यू) संस्थाले गरेको हो ।
सुनुवाईका लागि नगरको ४, ५, ६, ८ र ९ गरी ५ वटा वडामा ७ दिन सम्म तथ्याङक संकलन गरी ५० वटा फमको आधारमा प्रतिवेदन तयार पारिएको सुशासनका हिमायती (जि क्यू) संस्थाको अध्यक्ष भरत खड्काले बताउनुभयो । नगरले दिएको सेवा सुविधा प्रति स्थानियवासीहरु कतिको सन्तुष्ट वा असन्तुस्ट हुनुहुन्छ भनि नागरीक प्रतिवेदन र बहिर्गमन अभिमतमा उहाँहरुले दिएको मतलाई जस्ताको त्यस्तै सुनुवाईमा प्रस्तुत गरिएको खड्काले बताउनुभयो ।
प्रतिवेदनमा स्थानिय तह भएकोले काम गर्न सहज भएको, कृषी क्षेत्र निकै राम्रो भएको, कर्मचारीहरुले समयमै काम गरिदिएको लगाएतका राम्रा कुराहरु उल्लेख भएका छन् । त्यस्तै सुधार्नु पर्ने पक्ष अन्तर्गत बैंक अभाव, वडा वडामा फोकपि मेसिनको अभाव, नातावाद, कृपावाद, पार्टीको आधारमा नभएर सम्मान रुपमा काम अगाडी बढाउनु पर्ने रहेको छ ।

सुनुवाई कार्यक्रममा बोल्दै स्थानिय लक्ष्मण थापाले २ नम्बर वडाको स्वास्थ्य भवन अझै सम्पन्न नभएको र ठेकेदारले पनि वास्ता नगरेको बताउनुभयो । त्यस्तै वडामा ५ मिटर भएपनि कालो पत्रे गर्नु पर्ने उहाँले माग गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर उप–प्रमुख राजकुमारी चौधरीले आएका गुनासा र सुझाबलाई सर्मथन गर्दै कामको पार्दर्शीता, जवाफा देइतामा आफू प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

नगर प्रमुख दुर्गा थापाले स्थानिय थापाले गर्नु भएको गुनासोमा ठेकेदारसंग कागज गराएर नगरमा बाँकी भएका रकमले स्वास्थ्य भवनको कामलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कालो पत्रेको काम पनि सञ्चालनमा आउने उहाँले बताउनुभयो । योजना भन्दा बाहिरका रेविजको सुई निःशुल्क दिने, नगर भित्र भेन्टिलेटर राखिएको, नगर भित्रका ९ वटै वडाको आफ्नै कार्यालय भवन रहेका र सवै वडालाई भाडा मुक्त बनाउन सफल भएको मेयर थापाले बताउनुयो ।
कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्ष, सम्बन्धीत सरोकारवाला, पत्रकार, बुद्धिजिवी, स्थानीय लगाएतका उपस्थित हरेको थियो ।