
पूर्णपुष्टि, ७ असार ।
उदयपुरको बेलका नगरपालिका ९ का वडा अध्यक्ष पदम खड्काको निधन भएको छ । खड्काको बिहिबार उपचारको क्रममा निधन भएको हो । उनी केही दिनअघि सुनसरीको इटहरी जाने क्रममा नहडामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । ४५ वर्षीय खड्काको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति खगेन्द्र राईले जानकारी दिए ।
खड्का नेपाली कांग्रेस प्रदेश कमिटी ९क० का सचिव हुन् । स्व। अध्यक्ष राईले खड्काको पार्थिव पार्थिव शरीरलाई गृहनगर ल्याउने तयारी गरेको जानकारी दिए । स्व। खड्काका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
