
पूर्णपुष्टि, बैशाख २५ । उदयपुरको बेलका नगरपालिकाका मेयर अशोका कार्कीले आफ्नो विवाह खर्च जोगाएर आकास्मिक उपचार र छात्रवुत्ति कोष स्थापना गर्ने घोषण गरेका छन् । मेयर कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत बुबा स्व. पुष्पबहादुर कार्की र माता तुलसा कार्कीको नाममा कोष स्थापना गर्ने जानकारी दिएका हुन् ।
अती विपन्न परिवारका सदस्यहरु बिमारी हुँदा खर्चको अभावका कारण ज्यान गुमाउनुपर्ने बाध्यतालाई केही न्युनकरण गर्ने उदेश्यका साथ कोष स्थापना गर्ने बताए । उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको अध्यापनका लागि उपचार खर्च र छात्रवृत्ति कोषका लागि बेलका नगर अस्पताल र नारायण देव जी मावि आम्बासीमा पुष्पतुलसी कार्की अक्षय कोष स्थापना गर्ने जनाए । उनले कुमारी बैक रामपुरमा फिक्स डिपोजिट गरी उक्त रकमको ब्जायबाट प्राप्त हुने रकमले औषधी उपचार र छात्रवृत्ति प्रदान गर्ने बताएका छन । यद्यपी कति रकमको अक्षय कोष स्थापना गर्ने भने मेयर कार्कीले खुलाएका छैनन ।
बिभिन्न माध्यमाबाट बधाई तथा सुभकामना दिने प्रति आभार व्यक्त गर्दै‘ ‘कार्कीले भने’ यस्ता विशेष कार्यक्रमको तडक भडक र अमर्यादित प्रतिस्पर्धाको नक्कलले समाजमा पर्ने असरलाई मध्यनजर गर्दै सृजनशील कार्य हरु को शुरुवाती आफै बाट गर्नु पर्छ भन्ने अभिप्रायले आमा र बुबाको नामबाट कोषको स्थापना गर्नु लागेको छु । नगरप्रमुख कार्कीेले यहि बैशाख २० गते बिवाह गरेका हुन् ।
