
पूर्णपुष्टि, बैशाख २५ । ढाकाकुमार श्रेष्ठले उच्च अदालतमा सांसदमा पुनर्वहालीको माग सहित दिएको रिटको आज सुनुवाई हुने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद र पार्टी साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको थियो ।
आइतबार सर्वोच्चमा श्रेष्ठले हालेको रिटको सोमबार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा यो मुद्दाको सुनुवाइ हुन लागेको हो । मन्त्री हुनलाई मेडिकल व्यवसायी प्रसाईंसँग पैसा मागेको श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन्।
