Thursday, June 18News That Matters

त्रिनपा १६ को दोस्रो चौमासिक समिक्षा सम्पन्न, प्रगति तथा उपलब्धीहरु सार्वजानिक

पूर्णपुष्टि, २५ वैशाख ।
त्रियुगा नगरपालिका वडा नं १६ ले आफ्नो दोस्रो चौमासिक समिक्षा आईतबार वडा कार्यलयमा सम्पन्न गरेको छ । चौमासिक अवधिमा हासिल भएको प्रगतिको समिक्षा, आगामी योजनालाई प्रभावकारी ढंगले कार्यन्वयनका लागि सल्लाह सुझाव र भएको प्रगतिलाई सार्वजानिक गर्ने समिक्षाको मुख्य उदेश्य रहेको वडाले जनाए ।

वडावासीहरु र सम्बन्धित निकायहरुको बृहत उपस्थितिका बिच कार्यालयले बिभिन्न महत्वपूर्ण उपलब्धीहरु सार्वजानिक गर्दै समिक्षा गरिएका वडाअध्यक्ष मान वहादुर राईले जनाए । वडाअध्यक्ष राईले चार महिना भित्र वडामा भएको उपलब्धी, प्राथामिकतामा राखिएको योजना, आगामी योजना कार्यक्रम, आर्थिक बर्ष २०७९÷०८० को बिषयगत योजना, बजेट बिवरण र चुनौती बारे प्रतिवेदन मार्फत प्रस्तुत गरे । राईले वडामा बिभिन्न चुनौतीहरुबिच पनि वडाले विकासमा फड्को मारेको पनि दावी गरे । वडावासीको आवश्यक समस्याहरु सडक, विद्युत, खानेपानी, सिँचाई, स्वास्थ्य, कृषि तथा पसुपालन, सुरक्षित आवास, रोजगार, शिक्षा लगायतका क्षेत्रहरुमा वडाले बिभिन्न काम गरेको अध्यक्ष राईले जनाए ।

त्रिनपा १६ वडा कार्यालयले उक्त अवसरमा वडाको मुख्य ७ ओटा प्राथामिकताका क्षेत्रहरु निर्धारण गरी आगामी दिनमा कार्य गर्ने अध्यक्ष राइले जनाए । जसमा स्वच्छ पिउने पानी, सुरक्षित आवास, गुणस्तरीय प्रविधिमैत्री शिक्षा, गुणस्तरीय सामुदायीक स्वाथ्य सेवा, व्यवसायीक कृषि तथा पशुपालन, युवा रोजगारी, वडा केन्द्र पहँच सडक विकास, र घुम्ती सेवा प्रवाहलाई रहेका छन् ।
राईका अनुसार वडामा आर्थिक बर्ष २०७९÷०८० मा पूर्वधार, सामाजिक, आर्थिक, वातावरण तथा विपद, सुशासन तथा सेवा प्रवाह, लागत सहभागीता, प्रशासनीक, प्रदुषण नियन्त्रण गरी ५८ योजनाहरु सम्पन्न गरेको जनाए ।

वडाको चौमासिक प्रगति तथा उपलब्धीहरु

 यसै आ.व. देखि वडाले अनलाईन घटना दर्ता सेवा शुभारम्भ गरेको ।
 आ.व.२०७८÷०७९ को बार्षिक समिक्षा तथा आ.व.२०७९÷०८० को बजेट तथा योजना सार्वजनिक कार्यक्रम सम्पन्न भएको ।
 वडामा टोल विकास संस्था स्तरीय भलिवल प्रतियोगिता सम्पन्न । (१० टिमको सहभागिता रहेको)
 वडाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भई सेवा संचालन भएको ।
 शाहीखोला गैरीटोल, तिनधारे आँपडाडा, ढा“डखर्क, रातापानी, सुकौरा, बेङरी र धौरीमा विद्युत विस्तार गरिएको साथै आहालेमा ५० केभि क्षमताको ट्रान्फर्मर राखि १ कि.मि. थ्रिफेजलाईन विस्तारको तयारी भएको ।
 एम्बुलेन्स सेवा संचालनको लागि भन्सार छुट सिफारिस तथा एम्बुलेन्सको रकम जम्मा गर्ने कार्य सम्पन्न भएको ।
 भुमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यबस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्य सम्पन्न भएको ।
 आ.व.२०७९÷०८० को योजना कार्यान्वयन तथा अनुगमन गर्ने कार्य भईरहेको ।
 वडाको भू उपयोग क्षेत्र बर्गिकरण गर्ने कार्य सम्पन्न भएको।
 नगरबाट यस वडालाई प्राप्त ३५ थान इन्फ्रारेड विद्युतीय चुल्लो वितरण भएको ।
 स्थानीय स्वास्थ्य संस्थाहरुलाई नेमुलाईजर मेशिन खरीद तथा सहयोग भएको । (३ थान) ।
 वडास्तरीय युवा खेलकुद विकास समिति गठन भएको ।
 बर्षाको कारण भएको विपदमा १० घरपरिवारलाई त्रिपाल वितरण गरिएको ।
 दलित युवा उद्यमी श्री राजेश वि.क. (शाहीखोला) लाई काठको कार्पेन्टर काम गर्न मोटर थान–१ वितरण गरिएको ।
 यस चौमासिक अवधिमा ६ जनालाई आर्थिक सहयोग गरिएको ।
 वडा मै प्राविधिक कर्मचारी व्यबस्थापन गरि प्रभावकारी प्राविधिक सेवा प्रवाह गरिएको ।
 सडक बोर्डको योजनाबाट करीव ७ कि.मी. सुकौरा वडा कार्यालय मूख्य सडक ग्राभेलिङ गर्ने कार्य सम्पन्न भएको।
 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३ ओटा योजना कार्यान्वयन भईरहेको जसमा धार्मिक तथा पर्यटकीय क्षेत्र जाल्पादेवी थान जाने सिढी निर्माण भएको छ ।
 कर्कले चिलाउने भन्ज्याङ्ग खानेपानी मर्मत भएको सोबाट वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायत स्थानीय ४३ घर उपभोक्ताहरुलाई स्वच्छ पिउने पानीको सुविधा विस्तार भएको ।
 वडा र स्थानीय सहभागितामा बेङ्गरी डि.एस.–२ सिचाई कुलो मर्मत अन्तर्गत ६७ मि. आर.सी.सी.कुलो निर्माण तथा मर्मत भएको सोबाट २२ घरधुरी लाभान्वित भएको ।
 बर्षाको समयमा अबरुद्ध भएको वडाभित्रका करीव ७.५ कि.मी. स्थानीय सडक मर्मत गरि सडक सूचारु गरिएको ।
 चिलाउने भन्ज्याङ्ग जिरायत हुदै ढाडखर्क करीव १.६ कि.मि. सडक मर्मत गर्ने कार्य सम्पन्न भएको ।
 सा.सु. कार्यक्रमतर्फ गत आ.व.मा ३३३ लाभग्राही भएकोमा यस आ.व. लाभग्राही संख्या ३९० बढेको ।
 वडा जनप्रतिनिधि र कर्मचारीहरुबाट वडाभित्र संचालित योजनाहरु अनुगमन गरिएको ।
 आ.वि.जाते सिद्रे विद्यालय भवन निर्माण तथा स्थानान्तरणको कार्य अगाडी बढेको।
 प्रदेश सरकारको सहयोगमा ५० लाख बजेटबाट भोर्ले सिरुवानी वडा कार्यालय सडक स्तरउन्नति योजनाको सडक ढलान, जाली, नाली र कल्भर्ट निर्माणको कार्य भईरहेको ।
 चुनिया“ खोला तटबाध योजनाको कार्य अन्तर्गत २० लाख बजेटबाट जाली लगाउने कार्य सम्पन्न भएको ।
 बोक्से बेल्दोभान ग्रामिण सडक अन्तर्गत सडक ग्राभेलिङ्ग र जाली लगाउने कार्य भईरहेको छ ।
 बृहत जलाधार व्य.केन्द्र कोशीबाट सुकौरा खानेपानी मुहान संरक्षण कार्य सम्पन्न भएको ।
 बंगुरपालन व्यवसाय प्रबद्र्धन सहयोग तथा विपन्न÷आर्थिक अबस्था कमजोर परिवारलाई बंगुरको पाठा वितरण अन्तर्गत ५७ जना लाभग्राहीहरुलाई बंगुरको पाठा वितरण गरिएको ।
 पशु विमा कार्यक्रम अन्तर्गत २८४ बाख्रा, भैंसी र बंगुरको विमा गरिएको ।
 बाख्राको पि.पि.आर. खोप २०००, गाई भैंसीमा खोरेत खोप १००० र कुकुरलाई रेविज विरुद्धको खोप ११ लगाईएको ।
 २ ओटा बाख्रापालन फर्महरु छतिवनी सिम्ले र शिवशक्ति धौरीलाई बोयरक्रस बोका वितरण भएको ।
 पशु बन्ध्याकरण अन्तर्गत ७७ पशुहरुमा भएको ।
 नगर मार्फत साना सिचाई कार्यक्रममा ९ ओटा सिचाई कुलो मर्मतका लागि योजना पेश भएकोमा ३ ओटा सिचाई कुलोको सर्भे तथा इस्टीमेट भएको ।
 यस अवधिमा कृषि तथा पशुपालन फर्म दर्ताका लागि ७ ओटा सिफारिस भएका छन् ।
 बाल अक्षय कोष संचालनका लागि वडा कार्यालय र सहकारी विच साझेदारी बालबालिकाहरुको शिक्षाका लागि आर्थिक तथा छात्रवृत्ति सहयोगको तयारी भएको।
 सिदाली तल्लो आहाले जोड्ने सडक निर्माण अन्तर्गत ७६१ मि.नया“ ट्रयाक निर्माण कार्य सम्पन्न भएको ।
 भोर्ले सिरुवानी आले टोल सडक निर्माण अन्तर्गत ६३३ मि.नया“ ट्रयाक निर्माण कार्य सम्पन्न भएको ।
 भोर्ले बीच गाउ मिथुन राईको घर जाने कृषि सडक निर्माण अन्तर्गत ५४० मि.नया“ ट्रयाक निर्माण कार्य सम्पन्न भएको ।
 त्रियुगा खोलामा मलामी घर निर्माण भएको जस अन्तर्गत भित्र बस्ने सिढी निर्माण समेत भएको ।
 भोर्लेखोला खोलीटार पुलमुनी तटबांध अन्तर्गत २० थान जाली लगाउने कार्य सम्पन्न भएको छ ।
 भोर्ले रातोडाडा शिव मन्दिर निर्माण भएको छ ।
 आहाले गैरीटोल आ“पडाडा जोड्ने सडक निर्माण अन्तर्गत ५५० मि.नया“ ट्रयाक निर्माण कार्य सम्पन्न भएको ।
 चमेरे धरापे कुसुमटार खा.पा. निर्माण अन्तर्गत १ इन्टेक निर्माण, पाइप लाईन विस्तार गरि ८ ओटा धारा संचालन भएको ।
 आधारभूत विद्यालय बेङ्री भिरकुना कटुवाल चौरी सडक निर्माण अन्तर्गत ७०० मि.नया“ ट्रयाक निर्माण कार्य सम्पन्न भएको ।
 सुकौरा माथिल्लो बेङरी पाख्रिनडाडा सडक स्तरोन्नती अन्तर्गत ३ लाख बजेटबाट ८२५ मिटर सडक विस्तार र ३०५ मि.कच्ची नाली निर्माण गरिएको ।
 बेङरी गोपालडाडा खा.पा. निर्माण योजनामा ६००० लि. आर सि.सि ट्याङकी निर्माण र पाईपलाईन विस्तार गरिएको ।
 जा“ते मखमली यायोख्खा साकेला थान मर्मत तथा घेराबेरा अन्तर्गत १४ मि.मेशनरीवाल र साकेला थान रङरोगन भएको ।
 फोक्सीन्टार सरस्वती बेल्दोभान सडक मर्मतबाट ७ मिटर मेशनरीवाल, सोलिङ ११ मिटर, ढलान ३ मिटर गरिएको ।
 प्रगति टोल विकास संस्था सिदाली भबन निर्माण भुई ढलान र आर. सि.सि.पिलर ढलान भएको ।
 बरुवा खोला बगर स्कुल कित्ता जग्गा संरक्षण २३५ मिटर तटबा“ध गरिएको ७५ मिटर खेत सम्याएको ।
 सुकौरा बजार नाली निर्माण ८ मिटर नाला तथा स्ल्याप ढलान भएको ।
 लाटाङ खोला गालटार सिचाई कुलो मर्मत ४ मि.मेशनरी वाल र १७ मि. लम्बाई भएको कुलो मर्मत भएको ।
 अपाङग तथा जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत ७५ जना अपाङग तथा जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरि सम्मान गरिएको ।
 आदिवासी जनजाति लक्षित कार्यक्रम अन्तर्गत ३ घर परिवारलाई सुरक्षित आवासका लागि जस्तापाता वितरण गरिएको ।
 दलित लक्षित कार्यक्रम अन्तर्गत ३ घर परिवारलाई सुरक्षित आवासका लागि जस्तापाता वितरण गरिएको ।
 चिलाउने भञ्ज्याङ स्कुल डहर तथा चर्च घर संरक्षण भूःक्षय नियन्त्रण योजनाबाट १८ थान जाली लगाईएको ।
 भंैसिपालन व्यवसाय प्रबद्र्धन सहयोग कार्यक्रम अन्तर्गत ८ जना भैंसीपालक कृषकहरुलाई पानी संकलन गर्ने हिलटेक टंकी वितरण गरिएको ।
 कृषि विकास शाखा मार्फत व्यवसायिक तरकारी खेति प्रबद्र्धनका लागि ३ जना कृषकहरुलाई प्लाष्टिक टनेल उपलब्ध गराईएको ।
 बालबालिका लक्षित कार्यक्रमबाट उच्च शिक्षा अध्ययनरत ५९ जना विद्यार्थिहरुलाई आर्थिक सहयोग गरिएको ।
 मा“गमा आधारित वडाको विभिन्न खा.पा. योजना तथा उपभोक्ताहरुलाई पाइप वितरण (४० एम.एम.४५० मि. २५ एम.एम. ७०० मि. र २० एम.एम.४४५० मिटर) गरि खानेपानीको प्रबन्ध गरिएको ।
 बाघखोर चप्लेटी खा.पा. योजना अन्तर्गत इन्टेक निर्माण र पाइप लाईन विस्तार गरि खानेपानी व्यबस्था गरिएको ।
 जा“ते,छतिवने,सिम्ले पाखाटोल, सिरुवानी आले मश्राङगी टोल, शाहीखोला गैरीटोल, सिरान तामाङ टोल र सिद्रे लगायतका टोलबस्तीहरुमा पाईप वितरण गरि खानेपानीको व्यबस्था गरिएको ।
 पञ्चदेवी टोल विकास संस्था सिम्लेको भवन मर्मत भुई ढलान र ढोका निर्माण भएको ।
 बरुवा खोला सिद्रे अजिङगरेमा १.७ मि.चौडा भएको १६४ मि. लामो झो.पु.को निर्माण सम्पन्न भई सेवा संचालन भएको ।
 बरुवा खोला बेल्दोभान तिनतले ६८ मि. लामो झो.पु.को निर्माण सम्पन्न भई सेवा संचालनमा आएको ।
 साना सिचाई कार्यक्रम अन्तर्गत ३ ओटा सिचाई कुलाहरु मर्मत भएका छन् । जसमा बेङरी बटारेगैरा सिचाई कुलो ५०० मि.सिमेन्ट च्यानल, चुनिया“ खोला डाडापरे टोल सिचाई कुलो ७२५ मि. सिमेन्ट च्यानल र सिद्रे तल्लो सिचाई कुलो मर्मत अन्तर्गत १०५१ मि.सिमेन्ट च्यानल निर्माण सम्पन्न भई सिचाई सुविधा विस्तार भएको छ ।
 शाहीखोलामा ६ मि. लम्बाई भएको स्ल्याप कल्भर्ट निर्माण सम्पन्न भई सेवा संचालनमा आएको ।
 भालुखोलामा ४.५ मि. लम्बाई भएको स्ल्याप कल्भर्ट निर्माण सम्पन्न भई सेवा संचालनमा आएको ।
 शाहीखोला सिमलगाछीमा १२ मि. लम्बाई भएको स्ल्याप कल्भर्ट निर्माणका लागि ठेक्का स्वीकृत भई निर्माण प्रकृया अगाडी बढेको ।
 वडा कार्यालय सिद्रे जाते बेल्दोभान सडक स्तरउन्नति ३० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का स्वीकृत भई काम सुरु हुने चरणमा रहेको ।
 बरुवा बृहत खानेपानी योजना कार्यान्वयनका लागि टंकी निर्माण र मेन लाईन पाईप विस्तार कार्यका लागि टेण्डर भएको ।
 जनतासंग मेयर कार्यक्रम अन्तर्गत रु. १ लाख बजेटबाट चिउरी ढिक किरातेश्वर महादेव मन्दिर मर्मत कार्य हुदै

आगामी योजना र प्राथामिकता

 फूसको छाना विस्थापित तथा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन।
 पूर्ण विद्युतिकरण वडा घोषणाको तयारी ।
 प्रत्येक घरधुरीमा स्वच्छ खानेपानीको व्यबस्था र पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन ।
 गुणस्तरीय शिक्षा र सामुदायिक स्वास्थ्य सेवा प्रबद्र्धनमा जोड ।
 एम्बुलेन्स सेवा संचालन ।
 व्यबसायिक कृषि पशुपालन र पर्यटन क्षेत्रको विकास ।
 प्रविधिमैत्री वडा कार्यालय व्यबस्थापन ।
 वडाभित्रका सबै सडकहरुको स्तरउन्नति तथा दीगो विकासमा जोड ।
 वडाबाट संचालित विशेष अभियान कार्यान्वयनमा जोड ।

चुनौतीहरु

 फूसको छाना विस्थापित तथा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन ।
 पूर्ण विद्युतिकरण वडा घोषणाको तयारी ।
 प्रत्येक घरधुरीमा स्वच्छ खानेपानीको व्यबस्था र पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन ।
 गुणस्तरीय शिक्षा र सामुदायिक स्वास्थ्य सेवा प्रबद्र्धनमा जोड ।
 एम्बुलेन्स सेवा संचालन ।
 व्यबसायिक कृषि पशुपालन र पर्यटन क्षेत्रको विकास ।
 प्रविधिमैत्री वडा कार्यालय व्यबस्थापन ।
 वडाभित्रका सबै सडकहरुको स्तरउन्नति तथा दीगो विकासमा जोड ।
 वडाबाट संचालित विशेष अभियान कार्यान्वयनमा जोड ।