
पूर्णपुष्टि, बैशाख १५ गते ।
कोरोना भाइरसको संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि निको भएर आफ्नो नियमित काममा फर्किएको छ ।
बेलायतमा संक्रमणको उच्च खतरा कायमै रहेकाले लकडाउन खुला गरिहाल्ने अवस्था नरहेको प्रधानमन्त्री जोनसनले बताए । कोरोना भाइरसका कारण चुनौती भएको र लकडाउनको पालना गर्ने नागरिक धन्यवादको पात्र भएको उनले बताए ।
कोरोनाको संक्रमण भएका ५५ वर्षीय बेलायती प्रधानमन्त्री जोनसन गत मार्च २६ तारिखमा अस्पताल भर्ना भएको थियो । आफ्नै एकान्तवासमा बसेको प्रधानमन्त्रि जोनसनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि लण्डनको एसटी थोमस अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पालबाट गत अप्रिल १२ तारिखमा डिस्चार्ज भएको थियो । डिस्चार्जपछि डाक्टरको सल्लाहमा प्रधानमन्त्रि जोनसनले केही दिन आराम गरेको थियो ।
