
उदयपुर । २०८२ फागुन २० गते ।
चौदण्डीगढी नगरपालिका ४ बेल्टार निवासी उदयपुरे युवा कलकार माधव कुलुङ राईले आफ्नो पहिलो गित सहिद समर्पण सार्वजानिक गरेको छ । जेनजी आन्दोलनका सहिदहरुलाई सम्झँदै राईले सहिद समर्पण नामक गित बजारमा सार्वजानिक गरेको हो । गितमा पछिल्लो समय देशको अवस्था र नेतृत्वको मनपरिले जेनजीहरु सहिद हुनु परेको कुरा समेटेको छ । गितले अव जेनजी युवाहरु जाग्नु पर्ने कुरा बुझाउँछ ।

सानै देखी गित संगितमा रुची राख्ने माधवले देशको पछिल्लो परिवेश र जेनजी आन्दोलनलाई शव्द बनाएको हो । अन्य धेरै विद्यामा गितहरु बनाउन सकिने भएपनि देशको नाजुक अवस्थालाई पहिलो प्राथामिकतामा राखेर युवाहरुलाई चेतना छर्ने भन्दै सहिद समर्पण लिएर आएको कुलुङको भनाई छ । देशमा भ्रष्टचार, अन्याया, अत्याचार, बलत्कार बेरोजगार यी सबै समस्याका कारण देशको सरकार नै रहेको उनको भनाई छ । अबको नेतृत्वले यी सबै समस्याहरु समधान गर्नुपर्नेखाले आउनु पर्ने राईको गितले माग गरेको छ । राई व्यवसाय संञ्चालन गर्दै आएपनि गित संगित प्रति सानैबाट रुची राखिरहन्थे । पछि अचानक जेनजी आन्दोलन भयो र ७२ जना जेनजी युवाहरुले ज्यान गुमाए । सोही समयको अवस्थाको चित्रन सहित सहिद समर्पणबाट २५ बर्षिय राईले गायनमा प्रवेश गरेको हो । उक्त गितमा आफ्नै स्वर र शब्द रहेको छ ।
