
पूर्णपुष्टि, जेठ १० । उदयपुर ए डिभिजन लिगको सेमिफाइनलमा समुह क बाट एकता युवा क्लब बेल्टार र फुटबल क्लब गाईघाट पुगेको छ । बुधबार बिहान भएको समुह चरणको अन्तिम खेलमा साथी समुह कटारीलाई एकता युवा क्लब बेल्टारले १–७ गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
बेल्टारका लागी जर्सि नं २३ का जस बहादुर राईले ह्याट्रिक गोल गरे । उनले खेलको ४०, ४५ र ८१ औं मिनेटमा गोल गरे । त्यस्तै जर्सि नं १० का सचिन खड्काले दुई गोल गरे । उनले खेलको ३७ र ६१ औं मिनेटमा गोल गरे । जर्सि नं १३ का मिलन राईले ५८ औं र जर्सि नं ११ का अनिस बस्नेतले खेलको ५९ औं मिनेटमा एक–एक गोल गरे भने साथी समुह कटारीका लागी जर्सि नं ९ का अमर थापा मगरले सान्त्वना गोल गरे ।
यस जितसँगै बेल्टार समुह क मा ७ अंक सहित शिर्ष स्थानमा रहँदै सेमिफाईनल पुगेको छ । समुह चरणको दुई खेलमा हार र एक खेल जितेको साथी समुह कटारी ३ अंक सहित तेस्रो हुँदै लिगबाट बाहिरिएको छ । साथै, साथी समुह हारेसँगै ४ अंक रहेको फुटबल क्लब गाईघाट पनि सेमिफाईनलमा प्रवेश गरेको छ । फुटबल क्लब गाईघाटले अन्तिम एक खेल खेल्न बाकीँ छ । गाईघाटले समुह चरणको अन्तिम खेल भोली फुटबल क्लब बगाहासँग खेल्नेछ । बगाहा भने समुह चरणको दुबै खेलमा हादैँ यस अघि नै लिगबाट बाहिरिसकेको छ ।
त्यस्तै आज दिउँसो भएको दोस्रो खेलमा फ्युजन क्लब बोक्से र लालिगुराँस नव युवा क्लब भागलपुले भने अंक बाढेको छ । समुह चरणको अन्तिम खेलमा फ्युजन क्लब बोक्से र लालिगुराँस नव युवा क्लब भागलपुले २–२ गोलको बराबरी खेल्दै १–१ अंक बाढेको हो । गुरासँका लागी जर्सि नं २३ का अनिस राईले दुई गोल गरे भने फ्युजनका लागी जर्सि नं ९ का रोहन राईले दुई गोल गरे ।
यस अघि दुवै खेल जित्दै सेमिफाईनलमा पुगिसकेको बोक्से ७ अंक सहित समुह ख को शिर्ष स्थानमा छ । त्यस्तै भागलपुर ३ अंक सहित दोस्रो स्थानमा छ । अन्तिम खेल खेल्न बाकिँ रहेको आदर्श युवा क्लब र नव प्रभात नेपाल पोर्ताहाको १–१ अंक छ । भोली हुने समुह चरणको अन्तिम खेल जित्ने टिम सेमिफाईनलमा पुग्ने छ । तर, यदी दुबै समुहले बराबरी खेलेमा ३ अंक रहेको भागलपुर सेमिफाईनलमा पुग्नेछ ।