Wednesday, June 10News That Matters

बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, माघ १९
बैंकिंङ् कसुर मुद्धाका फरार रहेका प्रतिवादी पक्राउ परेको छ । मोरङ विराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सिताराम लुईटेल पक्राउ परको हो ।
लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा मंगलबार पक्राउ गरि जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ । प्रतिवादी सिताराम लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा उच्च अदालत विराटनगरबाट २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना तोकीएकोमा उनी फरार भएका थिए । लगत नं.– ८१७४ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सजाय भूक्तन गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।