Wednesday, June 10News That Matters

पुल निर्माणको लागि राखिएको सामान चोर्दै गरेको अवस्थामा एक जना पक्राउ, तीन फरार

पूर्णपुष्टि, माघ १९
पुल निमार्णका लागि राखिएका सामान चोर्दै गरेको अवस्थामा प्रहरीले झापाबाट एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको गौरादहमा ट्याक्टर लिएर पुगेका ४० वर्षका रतन साहलाई छडलगायतका सामाग्री चोरी गरेको अवस्थामा प्रहरीले नियन्त्रमा लिएको हो ।गए राति साहलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गौरादह–९ को दुधे बैगुन्धुरा भित्री सडकखण्डअन्तर्गत कमल खोलामा पुल निर्माणका लागि राखिएको छड चोरी गर्दैगर्दा मे १ त ४७२८ नम्बरको ट्याक्टरसहित साह पक्राउ परेका हुन् ।
उनलाई छड ट्याक्टरमा लोड गर्दैगर्दा प्रहरीले पक्राउ गरेको थियो । अन्य तीन जना भने फरार रहेको प्रहरीको भनाइ छ ।
यो समूहले दुई दिनअगाडि पनि ४० थान छड लगेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । फरार रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।