Wednesday, June 10News That Matters

ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु

पूर्णपुष्टि, माघ १९
ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक जना बालकको ज्यान गएको छ । जिल्लाको रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेका १३ वर्षीय रोशन विकको आज ज्यान गएको हो ।
भदौरेमा व्यक्तिको घरमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडक किनारामा कोल्टे परेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरबाट खसेका बालकको किचिएर ज्यान गएको प्रहरीले जनाएको छद ।

पल्टिएको ट्रयाक्टरबाट जमिनमा खस्ने बित्तिकै चक्काले किचेका बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो । मृतक बालक सोही ट्रयाक्टरमा मजदुरी (लोडअनलोड) को गर्दैआएका थिए । ट्रयाक्टर चालक रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको अब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिदैछ । घटको विषयमा थप अनुसन्धान सुरू गरिएको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।