Tuesday, June 2News That Matters

बैठकहरुमा दुरी कायम

गाईघाट/चैत्र,१७

कोरोना भाईरसको उच्च सतर्कतामा दुरी कायम हुन अति जरुरी रहेको छ । यो बेला सकेसम्म बैठक नै बस्नु नहुने भिँडभाँड गर्न नहुने हो । तर अति महत्वपूर्ण बैठकहरुलाई लिनु पर्दा पनि सुरक्षितका साथ दुरी कायम गर्नु पर्ने एक कार्यक्रमले जनाएको छ ।

अहिले देशैभरी कम भिँडभाँड र महत्वपूर्ण छलफल लाइ पनि दुरी कायम गर्ने गरेको अवस्थामा छ । यसैगरी गाईघाटमा पनि लकडाउनको पालना र कोरोना भाइरसको उच्च सतर्कताकालागि नबसि नहुने बैठकलाई दुरी कायम र छोटो छलफल चलाउन कार्यक्रमहरु लागि परेको छ भने कम महत्वका धेरै कार्यक्रमहरु रोकिएका पनि छन् ।

गाईघाटमा कोरोना सम्बन्धि बिभिन्न महत्वपूर्ण र अति आवश्यकताको छलफलहरुमा अहिले दुरीकायम गरी छोटो रुपमा निर्णय तथा बैठकहरु चलाईरहेको छ भने सकेसम्म बैठकहरुलाई सामाजिक सञ्जाल, फोन, संञ्चार माध्यम लगाएतको माध्यमबाट सुचना प्रवाह गर्ने प्रयासहरु भईरहेको छ ।

जिल्ला तथा सदरमुकामका कम महत्वको बैठकहरु रोकीएका छन । नबसि नहुने बैठकहरुमा पनि सम्बन्धित निकायको खास मान्छेमात्र बसेर बैठक सक्नु पर्ने भएको छ । आज थप लकडाउनको विषयमा विपद व्यवस्थापन समिति उदयपुरले चलाएको बैठकमा पनि दुरी कायम गरीएको थियो ।