Friday, May 22News That Matters

बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ

पूर्णपुष्टि, भदौ ७

महोत्तरीमा बोक्सिको आरोपमा महिलालाई कुटपिट गर्ने एक युवा पक्राउ परेको छ । सम्सी गाउँपालिका–७ जावद टोलमा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने कृष्ण यादव पक्राउ परेको हो ।

गतराति स्थानीय २४ वर्षीय यादवलाई महिलालाई बोक्सिको आरोप लगाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

युवाको कुटपिटबाट घाइते भएकी महिलालाई जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।