
पूर्णपुष्टि, भदौ १२
बोक्से खसी बजारमा सोमवार ओपन ७ब् नकआउट फुटवल प्रतियोगिता हुँदैछ । दाजुभाई समूह दोहा कतारको आयोजना तथा फ्युजन क्लव बोक्सेको समन्वयमा प्रतियोगिता हुन लागेको हो । खेल सहित समूहले ५ जना गरिब, असाहय, अपाङग वालवालिकाहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गर्नेछ । फुटवल प्रतियोगिताका सहभागी बिजयी टिमले २० हजार र दोसो हुनेले १० हजार प्राप्त गर्नेछ । खेलमा सहभागीका लागि रु २ हजार एन्ट्री फी बुझाउनु पर्नेछ । दाजुभाई समूहले लामो समयदेखी समाज सेवामा काम गर्दै आएका छन् । उदयपुरबाट विदेशीएका युवाहरुको समू मिलेर निर्माण गरिएको दाजुभाई समूहले विपदमा परेकाहरुलाई पनि थुप्रै सहयोग गरिसकेका छन् ।

