Tuesday, June 9News That Matters

राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरको अध्यक्षमा मन कुमार मगर

पूर्णपुष्टि, भदौ १२
राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरपालिकाको अध्यक्षमा मन कुमार मगर चयन भएका छन् । एमाले निकट युवा संगठन अन्तरगत राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरको पहिलो अधिवेशनले मगरलाई अध्यक्षमा चयन गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगर अध्यक्ष मन कुमार मगर

शनिवार गाईघाट स्थित प्रदेशसभा सदस्य बिमल कार्कीको प्रमुख आथित्यमा अधिवेशन गरेको थियो । अधिवेशनमा पदाधीकारीहरु टुंगो लगाएको छ । उपाध्यक्षमा प्रकाश रेग्मी, सविमा सन्तोष बुढाथोकी, सहसचिवमा संगम गुरागाई, सह सचिवमा राम अवतार राजधामी, कोषाध्यक्षमा नानुमाया मगर रहेका छन् । यता युथ प्रमुखमा मनिल बुढाथोकी छन भने साईबर सर्कल प्रमुखमा भुवन बुढाथोकी रहेको छन् ।