
पूर्णपुष्टि, माघ २१ गते बोक्सेमा भएको प्रथम वडाअध्यक्ष गोल्डकपको उपाधी आयोजक टिमले नै हात पारेको छ । गत सनिवार देखी सुरु भएको उक्त खेल आज नयाँवस्ती खसिवजारमा सम्पन्न भयो । फाइनल खेलमा बोक्सेले गाईघाटलाई हराउँदै उपाधी जित निकालेको हो । आयोजक टिम फ्युजन क्लवको तर्फबाट ५ र गाईघाटको तर्फबाट ४ गोल भएको थियो । खेल समय अबधिभर दोस्रो हाफमा दुवै टिमको तर्फबाट १-१ गोल हुन पुगेको थियो । फ्युजन क्वलको तर्फबाट जर्सि नं १७ का सुनिल खड्काले ५४ औँ मिनेटमा गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए ।
पछि समय सकिन ३ मिनेट बाँकी रहँदा गाईघाटको तर्फबाट जर्जि र्न ११ का पविन राईले उक्त गोल फर्काउन सफल भए । त्यस पश्चात भने कुनै पनि गोल नभएपछि खेल ट्राईब्रकरमा परिणत भएको थियो । ट्राइबेकरमा फ्युजन क्लवले ४ र गाईघाट फुटवल क्लवले ३ गोल गर्दै खेल टुँग्याएका थिए । ट्राईब्रेकर सहित फ्युजनको गोलको संख्या ५ र गाईघाट फुटवल क्लवको गोलको संख्या ४ रहेको थियो । ८ ओटा टिमले सहभागी जनाएको उक्त खेलको फाईनलमा बोक्से फ्युजन क्लवले गाईघाट फुटवल क्लवलाई ४÷३ को अन्तरले पराजीत गर्दै उपाधी हात पारेको हो । प्रथम टिमले १ लाख नगद सहित ट्रफी प्रमाण पत्र र दोस्रो हुने टिमले नगद ५० हजार, ट्रफी र प्रमाण पत्र हात पारेको छ ।
