Friday, June 19News That Matters

हिमाली र उच्च पहाडी भु–भागमा हिमपातको सम्भावना

पूर्णपुष्टि, माघ २२ गते ।
पालमा बज पश्चिमी वायुको आंशिक प्रभाव परे सँगै हिमाल र उच्च पहाडी स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । देशको पहाडी भू(भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू(भागहरुमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश नं। १ का पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं। १ को हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम बिभाग महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं। १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार पनि आंशिकदेखि सामान्य बदली भई प्रदेश नं। १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।