
पूर्णपुष्टि, १२ फागुन ।
त्रियुगा नगरपालिका १० बोक्से स्थित बाँसवारीमा कुखुरा फर्ममा आगलागी हुँदा अन्दाजी ६ लाख बराबरको क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिवार २ बजेको समय तिर राज कुमार उदासको घर नजिकै रहेको परालको टालमा आगलागि भएको हो । प्रहरीलाई आगलागि बारे जानकारी आउन साथ जिल्लाको प्रसनि सहित ९ जनाको टोली घटना स्थल तर्फ पुगेका थिए । नेपाल प्रहरी सँगै सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय, त्रियुगा र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण्मा लिईएको डिएसपी हरिनन्द चौधरीले जनाए । फर्ममा कुखुरा नभएको र अन्य क्षती बाट भने बचेको डिएसपी चौधरीले जानकारी दिए ।
