Wednesday, May 27News That Matters

थारु सांस्कृतिक भवन निर्माणका लागि बहेडुवामा वयल गाडा सफारी गरिने

पूर्णपुष्टि, १२ फागुन ।
बहेडुवा थारु होम स्टेले थारु सांस्कृतिक भवन निर्माणका लागि भयलगाडा (लहरु) सफारि संञ्चालन गर्ने भएको छ । यहि फागुन २५ गते बिहान ७ बजे देखी बेलुका ६ बजे सम्म बयलगाडा सफारि संञ्चालन गरिने जनाइएको हो । उक्त बयलगाडाको सुभारम्भ माहाशिवरात्रीको दिन त्रिनपा १३ को थारुहट चोकमा गरिने छ ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको समन्वयमा २ किलो मिटर सफारि गराईने होम स्टेको अध्यक्ष भगवान सिंह चौधरीले जनाए । शुल्क रकम रु १०० गरिएको छ भने थारु भेष भुषा सहित भने २५० रहेको छ । यता २ किलो मिटर सफारिको रिजर्भको लागि भने रु ५ सय टिकट राखिएको छ । उक्त टिकट बाट उठेको रकमले सांस्कृतिक भवन निर्माणमा टुवा पुराउने छ । सोही भवन निर्माण गर्नको मुख्य उदेश्य सहित बयल गाडा सफारि गर्न लागिएको अध्यक्ष चौधरीको भनाई छ ।