
पूर्णपुष्टि, ११ फागुन ।
उदयपुरमा दादुरा – रुवेला विरुद्धको खोप यहि फागुन १३ देखी सुभारम्भ गरिने भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाका अनुसार खोप १३ देखी १७ गते र २२ देखी २६ गते सम्म गरी दुई चरणमा खोप लगाईने छ। जिल्लाका सबै पालिकाहरुमा खोप केन्द्र राखिएको र सोही अनुसार आ–आफ्नो पालिकाहरुमा खोप लगाईने छ । खोप जिल्लाभारीका २९१३४ जनालाई लगाईने स्वास्थ्य कार्यालय उदयपुरको भनाई छ । उदयपुरमा खोप सुभारम्भ त्रियुगा नमुना माविमा गरिने छ । खोप ९ महिना देखी ५ बर्ष मुनिका र ९ महिना देखी १५ बर्ष मुनिका लक्षित समुहलाई लगाईने छ ।
