
पूर्णपुष्टि, फागुन ११ । उदयपुरमा जुवा मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने ५१ बर्षीय फिरिलाल चौधरी र ८१ बर्षीय रामलाल भन्ने भरत कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बिहिबार पक्राउ गरेको हो । जिल्ला अदालतको मिति २०७३÷०५÷१३ गतेको फैसालाले जुवा मुद्धामा २–२ हजार रुपैँया जरिवाना तोकेको थियो । पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
