
पूर्णपुष्टि, असार १३ । जिल्ला ब्याटमिन्टन संघ उदयपुरले श्री पशुपति प्रसाद गण बोक्सेका नव–आगन्तुक प्रमुख सेनानी मनोज कार्कीलाई स्वागत गर्दै निवर्तमान प्रमुख सेनानी शिव प्रसाद वाग्लेलाई बिदाई गरेको छ ।
मंगलबार बोक्सेस्थित जिल्ला ब्याटमिन्टन संघको कबर्डहलमा एक कार्यक्रमको आयोजना गर्दै प्रमुख सेनानी मनोज कार्कीलाई जिल्लामा स्वागत गरिएको हो भने प्रमुख सेनानी शिव प्रसाद वाग्लेलाई बिदाई गरिएको हो । संघका अध्यक्ष कालिदास राई (किसन) ले मायाको चिनो स्वरुप ब्याटमिन्टन संघको टिसर्ट प्रदान गर्दै सैनिक इन्टेलिजेन्स निर्देशनालय काठमाडौँ सरुवा भएका प्रमुख सेनानी वाग्लेलाई बिदाई गरेका हुन् ।
