Wednesday, July 1News That Matters

ब्राउन सुगरसहित १ जना पक्राउ

झापा, बैशाख ११ 

झापाको पिंकि ठ्याकबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । अर्जुनधारा नगरपालिका –८ का १९ बर्षीय राहुल राजवंशी लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

शुक्रबार बेलुका सँवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर–६ पिंकि ठ्याकबाट राजबंशीलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ५ सय मिलिग्राम सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।