Thursday, May 21News That Matters

ब्राउन सुगरसहित २ जना पक्राउ

झापा, फाल्गुन २२ गते ।

झापाको काँकडभिट्टाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । अर्जुन धरा–११ निबासी २३ बर्षीय समिर माझी र २२ बर्षीय सुरज माझी ब्राउनसुगर सहित पक्राउ परेका हुन् ।

भारतिय बजार पानीटंकीबाट  काँकडभिट्टा  सिमा एरिया तर्फ आईरहेका दुबै जनालाई बुधबार अपरान्ह पौने ५ बजे नियन्त्रणमा लिई चेकजाचँ गर्दा उनीहरुको साथबाट ४.५ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाइ  ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।