
पूर्णपुष्टि, फागुन १२ ।
झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ परेका छन् । झापा गाउँपालिका–४ का १९ वर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका–४ का १९ वर्षीय उतम बर्देवा पक्राउ परेका हुन् ।
हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र हिजै बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।
