
पूर्णपुष्टि, माघ १६ गते । झापाको बिर्तामोड नगरपालिका–५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज गलगलियाका २५ बर्षीय दिलसाद रहमान र २० बर्षीय सन्वाज खान रहेका छन् ।
हिजो बेलुका बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरु सवार रहेको WB74B A6779 नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले चालक रहमान र पछाडि सवार रहेका खानको साथबाट ८ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
