Saturday, June 13News That Matters

ब्राउन सुगरसहित ३ जना पक्राउ

पूर्णपुष्टि, माघ १९ गते । झापाको दमक नगरपालिका–२ स्थितबाट ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–८ का ३७ बर्षीय तेज कुमार खवास, ३५ बर्षीय सुनिल श्रेष्ठ र दमक–२ का २२ बर्षीय बिजय धिमाल रहेका छन् ।

ब्राउन सुगर विक्री वितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

हिजो दिउँसो दमक–२ नयाँ आम्दा खरखरे टोल स्थितमा प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुको साथबाट १९ ग्राम ब्राउन सुगर, नगद ९७ हजार ६ सय रुपैया, ४ थान मोवायल र को.२८ प ३१४६ नम्बरको स्कुटर, प्रदेश १–०२–०४८ प ६६५७, ज. १२ प ५५५७ नम्बरको मोटरसाईकल बरामद गरेको हो । पक्राउ परेका तीनै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।