
पूर्णपुष्टि, माघ १९ गते । मोरङको उर्लाबारी नगरपालिका–३ थापा चौक स्थित स्कुल बसको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० बर्षीय भिम बहादुर तामाङ रहेका छन् ।
आज बिहान ६ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको पञ्चायत मा.बि. पथरीको ना ६ ख ६१८२ नम्बरको स्कुल बसले ठक्कर दिदा तामाङ घाईते भएका थिए । घाईते तामाङको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संग्लग्न बस र चालक पथरी शनिश्चरे नगरपालिका–९ का ३० बर्षीय अनिल दंगाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दंगालको ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
