ब्राउन सुगर सहित दुई जना पक्राउ

पूर्णपुष्टि, असोज १२

झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् ।

हिजो बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र उनिहरुले चलाई ल्याएको प्र–१–०१–०१२ प ९५४५ नम्बरको मोटरसाईकल सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा बिकाश मर्डीको बिर्तामोड १ स्थितमा रहेको डेरामा ब्राउन सुगर लुकाई राखेको खुलाए पश्चात प्रहरीले उनको डेराबाट १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु.२ लाख ६९ हजार ३ सय, डिजिटल तराजु थान–१, Canon लेखेको डिजिटल क्यामेरा –थान १ बरामद गरेको छ । प्रक्राउ परेको दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: