Thursday, June 11News That Matters

ब्राजिलमा कोरोनाबाट डेढ लाख भन्दाबढीको मृत्यु

पूर्णपुष्टि, असोज २५

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ ।
अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख ५० हजार १ सय ९८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको जनाएको छ ।

ब्राजिलमा ५० लाख ८२ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भईसकेको जनाईसकेको छ ।
अमेरिकामा ७९ लाख ४५ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १९ हजारको मृत्यु भएको छ । त्यस्तै ७० लाख ५१ हजारमा कोरोना पुष्टि भएको भारतमा १ लाख ८ हजारको मृत्यु भईसकेका छन् ।

विश्वभर ३ करोड ७४ लाख ५० हजारमा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये २ करोड ८१ लाख निको भएका छन् भने १० लाख ७७ हजारको भने मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ ।