
पूर्णपुष्टि,चैत्र २० । ब्रोइलर कुखुराको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मंगलबारदेखि लागु हुनेगरी एक किलोमा १० रुपैयाँले घटाएको हो ।
नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ सचिव देव गिरीकाअनुसार अब बोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ । जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य १० रुपैयाँले घटेर २८० रुपैयाँ कायम भएको छ’ सचिव गिरीले भने । अब तयारी मासुको मूल्य पनि घटेको जिउँदो कुखुराको मूल्यअनुसार मंगलबारदेखि समायोजन हुनेछ ।
हाल ४२० रुपैयाँ औसत रहेको तयारी मासुको मूल्य अब ३८० रुपैयाँ हाराहारी रहने गिरीले बताए ।
