
पूर्णपुष्टि,चैत्र ४ । व्यावसायिक स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिंग एसोसियसन अफ नेपाल(वान)को उदयपुर जिल्ला अध्यक्षमा सरोज निरौला चयन भएका छन् । उदयपुरमा बानको पहिलो भेलाबाट निरौला अध्यक्षमा सर्वसहमत चयन गरिएका हुन् । निरौला गाईघाट उदयपुरबाट सञ्चालित साईमन एफएमका प्रमुख हुनुहुन्छ ।
वान उदयपुरका जिल्ला उपाध्यक्षमा चौदण्डीगढी एफएम बेल्टारका प्रमुख सन्तोष कुमार रौन्यार, सचिवमा यु।के। एफएम कटारीका प्रमुख अस्मीत पौड्याल र कोषाध्यक्षमा रेडियो अमूर्त गाइघाटका प्रमुख देविका राई चयन भएका छन् । अन्य सदस्यमा बेलका एफ.एम रामपुरका सुरेन्द्र खालिग रहेका छन् ।
ब्रोडकाष्टिंग एसोसियसन अफ नेपाल (वान) का केन्द्रीय महासचिव नबिन बाबु राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । वानका नव जिल्ला कार्यसमितिलाई बधाई दिदै महासिव राईले वान सधैव बिकासको असल साक्षीको रूपमा रहने बताउनु भयो । संघिय सरकारले बिधुतिय संचार माध्यम स्वतन्त्र रेडियोहरूलाई लोककल्याणकारी बिज्ञापन बाट जसरी सम्बोधन गरेको छ अव उदयपुरका आठै वटा स्थानिय सरकारले पनि कार्यबिधि बनाई जिल्लामा रहेका विधुतिय संञ्चार माध्यम ब्याबसायिक स्वतन्त्र रेडियोहरूलाई सम्बोधन गर्न स्थानिय सरकार प्रमुखहरू संग पनि आग्रह गर्नु भएको छ । बान स्थानिय सरकारको बिकासको असल साथि भएर बढ्न चाहने महासचिव राईले बताउनु भयो ।
वानको ७ सदस्यीय जिल्ला कमिटी गठन गरिएकोमा अब दुई जना सदस्य थप गर्न बाँकी रहेको बान उदयपुर जिल्ला कमिटीले जनाएको छ । उदयपुरमा ७ वटा व्यावसायिक स्वतन्त्र रेडियोहरु गाईघाट, कटारी, बेल्टार र रामपुरमा सञ्चालनमा छन्
