
पूर्णपुष्टि,चैत्र ४ । थारु कल्याणकारी सभा उदयपुरको ९औ जिल्ला अधिबेशन यहि चैत २४ र २५ गते हुने भएको छ । चौदन्डीगढी नगरपालिका वडा नम्बर–५ सिवाईमा आज (शनिवार) बसेको जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।
९ औ अधिबेशन भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न उप समिती बनाई जिम्मेवारी प्रदान गरिएको सभा का जिल्ला अध्यक्ष शिवकान्त चौधरीले बताए । अनुमानित १० लाख खर्च हुने अधिबेशनमा उदयपुर भरिका हजार भन्दा बढि थारुहरुको उपस्थिति हुने गरि तयारीमा लागेको आर्थिक सन्योजक राकेश चौधरीले बताए । चौदन्डीगढी नगरपालिका वडा नम्बर५ सिवाईमा दुई दिन सम्म चल्ने अधिबेशनले उदयपुर जिल्लाका लागी नयाँ नेतृत्व चयन गर्नेछ्न ।
