Sunday, April 19News That Matters

भरतपुर माओबादी र पोखरा समाजबादी लाई

पूर्णपुष्टि, बैशाख ६

आज बसेको सत्ता गठबन्धनको बैठकले महानगरको भागबन्डा मिलाएको छ । सहमती अनुसार चितवनको भरतपुर महानगर पालिका माओवादीले पाएको छ । कास्की को पोखरा महानगर पालिका एकीकृत समाज बादीको भागमा परेको छ भने पर्साको बिरगंज महानगर पालिका जनता समाजबादी पार्टीको भागमा परेको छ । यस्तै तीन वटा महानगर काठमाडौ , ललितपुर र बिराटनगर नेपाली काङ्ग्रेसको भागमा परेको छ ।
महानगरको बाडफाट नमिल्दा गठबन्धन नै भत्किने हो कि भन्ने आशङ्का थियो । तर आजको निर्णय सगै गठबन्धन झन बलियो भएर जाने देखिन्छ । तर गठबन्धन प्रती पार्टीका कार्यक्रता कति इमान्दार हुन्छन त्यसले जितलाइ त्यस्ले जित हारलाइ तय गर्ने देखिन्छ ।