Friday, June 12News That Matters

भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित युवक पक्राउ

पूर्णपुष्टि, जेठ ५

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसी रहेका छन । बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका उनलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम (हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो ।सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।