Friday, June 12News That Matters

मत गणनाले कटारी नगरपालिकाको सम्पूर्ण काम प्रभावित

पूर्णपुष्टि, जेठ ५ गते ।
उदयपुरको कटारी नगरपालिकामा मंगलवारबाट मात्रै मत गन्न थालिएको छ । कटारीमा मत गणनाको कारणले गर्दा नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवा सुविधा बन्द गरिएको छ । बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुरा बताएको हो ।
कटारीका प्रमुख प्रशासकिय अधिकृतका अनुसार नगरपालिका कार्यालमा मत गणना गरिने भएकाले अत्यावश्यक काम बाहेका सबै सेवा सुविधा अनिचितकालको लागि बन्द गरिएको बताएका छन् । उक्त बन्द अवधिमा सेवाग्राहीलाई हुने कठिनाई प्रति नगरपालिकाले क्षमाप्रार्थी रहेको समेत सूचनामा उल्लेख गरिएको छ ।