Sunday, June 21News That Matters

भारतमा संक्रमितको संख्या घट्यो, मृतकको संख्या घटेन

पूणर्पुष्टि, जेष्ठ ३

भारतमा केहिदिन देखि संक्रमितको संख्या घटेको पाइएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या पछिल्लो २६ दिनयताकै कम देखिएको छ ।

संक्रमित घटिरहेको अवस्थामा मृतकको संख्या भने नघटेको पाइएको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४९ लाख ६५ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण २ लाख ७४ हजार ३९० जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् । यद्यपि सो अवधिमा कोरोना संक्रमणको कारण ४ हजार १०६ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३५ लाख १६ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतका अधिकांश राज्यमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ ।