Friday, May 22News That Matters

भारतले कश्मीरबाट १० हजार सैनिक फिर्ता गर्ने

पूर्णपुष्टि, भदौ ४

भारतले कश्मिरबाट १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ ।

गत वर्ष भारत प्रशासित प्रशासित कश्मीरको विशेष अधिकार दिने अनुच्छेद ३७० हटाएको भारतले त्यहाँ रहेका १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अनुच्छेद ३७० हटाएपछि केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा कानुनी व्यवस्था बनाइराख्न हजारौं सुरक्षाकर्मी तैनाथ छन् । उनीहरुलाई जम्मू कश्मीरबाट फिर्ता बोलाएर सम्बन्धीत ठाउँमा पठाउन केन्द्रिय गृह मन्त्रालयले आदेश दिएको जनाईएको छ ।

कश्मीरमा लगातार चरमपन्थी हमला, इन्काउन्टर र राजनीतिक कार्यकर्ताको हत्या भैरहेका बेला यो आदेश आएको हो ।