Tuesday, June 2News That Matters

भारतीय गायिका कणिकालाई कोरोना भाइरस

पूर्णपुष्टि, चैत ७ गते ।

भारतकी चर्चित गायिका कणिका कपूरलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । कोरोना भाइरसको सक्रमण देखिएपछि कपुरलाई लखनउको केजीएमयूको आइसोलेशन वार्डमा भर्ना गरिएको हो ।

गायिका आफैले सामाजिक सञ्जालमार्फत आफूलाई भाइरस सक्रमण भएको जानकारी दिएकी थिईन् । कपूर गएको मार्च १५ मा लण्डनबाट भारत फर्किएकी थिइन । भारतीय सञ्चारमाध्यमका अनुसार भारत फर्किए लगत्तै कपुरले एक होटलमा भव्य पार्टी समेत दिएकी थिइन ।

कपुरलाई कोरोना भाईरस पोजेटिभ देखिएपछि स्वास्थ्य विभागले पार्टीमा सहभागी भएका मानिसहरुको खोजी गरिरहेको छ । पार्टीमा सहभागी भएका सम्पूर्ण व्यक्तिहरुको जाँच गरिने तथा कोरोनाको लक्षण देखिए निगरानीमा राखिने जनाईएको छ ।

कनिकाले इन्स्टाग्राममार्फत आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएकी हुन् । आफू भारत फर्किएको ४ दिनपछि मात्रै फ्लूको लक्षण देखिएपछि जाँच गराउँदा कोरोना भाइरस पोजेटिभ देखिएको बताएकी छिन् ।