
पूर्णपुष्टि, भदौ ६ गते ।
भालुले आक्रमण गर्दा सोलुखुम्बुमा एक जना घाईते भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा सोमबार दिउँसो ३ बजे बाख्रा चराउने क्रममा भालुले आक्रमण गर्दा ४० वर्षीय गोपाल भूजेल घाईते भएको हो ।
बाख्रा चराउने क्रममा भूजेललाई भालुले आक्रमण गरेको वडा कार्यालयले जनाएको छ ।
अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेका भुजेलको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कार्यबाहक वडाध्यक्ष भलाकाजी कार्कीले जानकारी दिए ।
उनका अनुसार गार्मा स्कुल नजिकैको बारीमा बाख्रा चराउने क्रममा भुजेललाई भालुले आक्रमण गरेको हो ।
भालुको आतंक बढेसँगै विद्यालय आउने बालबालिकालाई जोखिम बढेको कार्कीले बताए ।

