
उदयपुर, फागुन, २६
कोरोना भाइरसको कारण यो बार्षको विसंम परिस्थितिको होलीलाई सामान्य ढंगले खेल्न जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपी वीर बहादुर मगरले सबैमा आग्रह गर्नुभएको छ ।
उहाँले अहिले विश्वभरी नै आतंक मच्याइरहेको कोरोना भाईरसका कारण राज्यले नै यसको पूर्ण नियन्त्रणको निम्ति यसलाई सामान्य बनाउन देशैभरी यस्तो अनुरोध गरेको बताउनुभयो ।
मगरले उदयपुरको सन्दर्भमा भने सामान्य हिसावले खेल्न आग्रह गर्दै आफ्नो मनोरञ्जनको लागि अरुलाई कत्ति पनि असर नपार्न अनुरोध गर्नुभएको छ । यदि त्यस्तो गरेको पाईएमा नियन्त्रणमा लिएर कडा कार्वाही गरिने समेत चेतावनी दिनु नुभयो ।
उहाँले बाहिर गत बर्ष झैँ होली खेल्न नपाए पनि भित्र बसेर होलीको बाहानामा जुवा तास खेल्ने र मापासे गर्दै सवारी चलाउनेहरुलाई अझ कडा कार्वाही गर्ने बतानु भयो । होलीको नाममा नकरात्मक तरिकाले होटल भित्र होहल्ला, जुवा तास, र रोडमा मापासे गरी सवारी चलाउनुलाई कडा कार्वाही हुने पनि जानकारी गराउनुभएको छ । होलीको दिन ट्राफिक जाँचमा पनि कडाई गर्ने र चेकिङहरु सबै ठाउँहरुमा राख्ने र सुरक्षाहरु चोकचोकमा खटाइने बताउनुभएको छ ।
होलीमा हुने मनोरञ्नका क्षेत्रहरुलाई पनि यो पटक कडाई गरेको बताउनुभयो । गाईघाटमा पनि होली विषेश भव्य तयारीका कन्सर्टहरुलाई रोकिएको मगरले बताउनुभयो ।
मगरले हामी बाँचे यस्ता होलीहरु सँधै खेल्न सकिने भन्दै पारिवारिक हिसावले सिमिति व्यक्तिहरुको बिचमा मात्र होली खेल्न अनुरोध गर्दै यो राज्यको सर्त नभई जनताहरुकै निमित्त भएकाले अनुरोधलाई जनताहरु आफैले पालना गरी सहयोग गर्न र आफ्नै स्वास्थयको लागि सजग रहन पनि अनुरोध गर्नुभयो
मगरले बिगतको बर्षहरुमा भव्य खेलौँ तर सभ्य खेलौँ भन्दै आएता पनि यो बर्ष भने धरै भिँडभाँड, रँङ, पानी लगाएतले कोरोनाको संक्रमण देखाउने भएकाले सामान्य तरिका बाट खेल्न अनुरोध गरेको हो ।
