Monday, June 22News That Matters

भिरबाट टाउकोमा ढुङ्गा खस्दा बालक ठहरै

पूर्णपुष्टि, जेष्ठ ३१ गते
ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका–३ पाखुरेडाँडामा ढुँङ्गाले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ओत बहादुर श्रेष्ठका ६ बर्षीय छोरा भिम बहादुर श्रेष्ठ रहेका छन् ।

सोमवार बेलुका साढे ५ बजे चम्पादेवी–३ ताप्केडाँडामा साथिहरुसँग चुथ्रो खान गएका ओत  श्रेष्ठलाई अचानक भिर माथीबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भिर घाईते भएका थिए । घाईते बालकलाई उपचारको लागी स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना बारे थप अनुसन्धान भईरहेको छ ।