
पूर्णपुष्टि, जेष्ठ ३१
उदयपुरमा पूर्व श्रीमानले श्रीमतीलाई छुरा प्रहार गर्दा दुवै जना घाईते भएको छ । पहिले श्रीमतीलाई प्रहार गरेको छुरीले आफैलाई पनि प्रहार गरी नदी किनारमा ढलेर बेहोस भएको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका १ फुलजोर स्थित मदन भण्डारी सडक खण्डमा उक्त घटना भएको हो ।
मंगलबार करिब १ बजेको समयमा त्रियुगा नगरपालिका १ फुलजोर स्थितमा किराना पसल गरी बस्ने सहरमान राईको ४३ बर्षिया श्रीमती सिर्जना राईलाई आफ्नै पूर्व पत्नीले घरमा बसि रहेको अबस्थामा छुरा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाए । सिर्जनालाई पूर्व पती उदयपुर कटारी नगरपालिका(६ रिस्कु बस्ने बर्ष ४५ को राम कुमार सुर्खेतीले छुरा प्रहार गरेका थिए । पूर्व श्रीमान सुर्खेतीले घरमा बसिरहेको अवस्थामा आई बादबिबाद गरी आफैले बोकि ल्याएको छुराले पेटमा हानि घाईते बनाएको र आफुले आफैलाई समेत छुरा प्रहार गरी बेहोस अबस्था रहेको प्रहरीले जनाए ।
घटना बारे थाहा पाए सँगै उदयपुर प्रहरी टोलीले घाईतेलाई उद्दार गरी जिल्ला अस्पताल गाईघाटमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि बिपि कोईराल स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठएको जनाएको छ ।
