Thursday, May 7News That Matters

अषाढ ९ मा समन्वय समितिको चुनाव हुने

पूर्णपुष्टि, जेष्ठ ३१
जिल्ला समन्वय समिति उदयपुरको चुनाव असार ९ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, महिला सदस्य, दलित वा अल्पसंख्यक सदस्य, र सदस्य प्रयोजनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार असार ६ मा मतदाता नामवली सम्बन्धी कार्य, असार ७ मा उम्मेदवारी सम्बन्धी, ८ गते उम्मेदवारको अन्तिम नामवली प्रकाशन र ९ गते मतदान हुनेछ । जिल्ला समन्वय समितिको चुनावमा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने ब्यवस्था छ ।
उदयपुरको जिल्ला समन्वयको निर्वाचनका लागि १६ जना मतदाता रहेका छन् ।

जसमा नेपाली काग्रेसका ७ जना, एमालेका ५ जना, माओवादीका ३ जना र एकिकृत समाजवादीका एकजना मतदाता रहेका छन् ।