उदयपुर सिमेन्ट उद्योगको ३५ औँ बार्षिकोत्सव भव्य सम्पन्न

पूर्णपुष्टि, जेष्ठ ३१
नेपाल सरकारको स्वातित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले मंगलबार आफ्नो ३५ औँ बार्षिकोत्सव भव्य मनाएको छ । उद्योगका कर्मचारी, जनप्रतिनिध, संञ्चालक समिति तथा संञ्चारकर्मीहरुकोबीच भव्य रुपमा बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको क्रममा उद्योगका महा प्रवन्धक गोपिकृष्ण न्यउपानेले उद्योगले लिएको लक्ष पुरा हुन लागेको समेत जनाए । न्यउपानेले २४ लाख बोरा बिक्रि लक्ष रहेकोमा करिब २१ लाख बोरा सिमेन्ट बिक्रि गरिसकेको जनाएको छ । उनले यस अर्थिक बर्ष भित्र उद्योगले करिब २४ लाख बोरा सिमेन्ट बिक्रि गर्ने लक्ष लिएको जनाए । गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आवको नौ महिनामै १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरिसकेको अवस्था छ।

माहा प्रवन्धक न्यउपानेका अनुसार हाल उद्योगको हरेक क्षेत्रले प्रगतिको फड्को मारेको जनाए । कर्मचारीरुको व्यवस्थापन, उत्पादनमा बृद्धि, सामानहरुको खरिद, बिक्रि बृद्धि, वातावरणीय व्यवस्थापन, अवकाश कर्मचारीहरुलाई सेवा व्यवस्था लगायत बिभिन्न क्षेत्रहरुले फड्को मारेको जनाए ।

यस्तैगरी उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले उदयपुर सिमेन्ट उद्योगले सोँचेजति प्रगति गर्न नसकेको जनाएको छ । पोखरेलले भर्चृअल माध्यम बाट कार्यक्रममा सहभागी जनाउँदै निजी क्षेत्रहरुको प्रतिस्पर्धामा उदयपुर सिमेन्ट उद्योग आउन नसकेको जनाए ।
सरकारी स्वामित्वका यस उद्योगले निजि सँग प्रतिस्पर्धा गर्न सक्ने पुर्ने सुझाएको छ । त्यसका लागि प्रविधिमा जोड गर्नु पर्ने र व्यवस्थापन राम्रो हुनु पर्ने जनाए ।

यस्तैगरी नगरप्रमुख बसन्त वस्नेतले उदयपुर सिमेन्ट उद्योग प्रति त्रियुगा नगरपालिका सँधै संवेदनशील भएर लागि पर्ने जनाए । वस्नेतले त्यसका लागि त्रियुगा नगरभित्रका कुनै एक प्रतिनिधि समेत संञ्चालक समतिमा सहभागी हुने वातावरण बनाउनु पर्ने माग समेत गरेको छ ।
बार्षिकोत्सवको अवसरमा नवनिर्वाचित त्रियुगाको जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको छ । उद्योग सँग जोडिएका वडाका प्रतिनिधिहरु १६ वडाअध्यक्ष मान वहादुर राई लगायत ५ नं वडाका अध्यक्ष र ६ नं वडाका अध्यक्षहरुलाई उद्योगले सम्मान पत्र प्रदान गरेको छ । यस्तै त्रियुगा नगरपालिकाका प्रमुख वसन्त वस्नेत र उपमेयर महेश्वरी राईलाई पनि सम्मान पत्र प्रदान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0