Sunday, June 21News That Matters

भीरबाट बस खस्दा, चार जनाको मृत्यु ४९ जना घाईते

पुर्णपुष्टि, जेठ ५ पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस सडकबाट करीब १५० मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम पश्चिम आउँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा आज बिहान भिरबाट खसेको हो । बस भिरबाट खस्दा मृत्युहुनेमा रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती, २७ वर्षीया कल्पना पुन र दुईजनाको परिचय नखुलेको डीएसपी राजु लामाले जनाएको छ ।