Thursday, June 18News That Matters

भुटानी शरनार्थी प्रकरण : पूर्व गृहमन्त्री खानका स्वकीय सचिव पक्राउ

पूर्णपुष्टि, २७ वैशाख ।
भुटानी शरनार्थी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो ।