
पूर्णपुष्टि, चैत १७ गते ।
भोलि चैत्र १८ गते गते राप्रपाको सभालाइ सम्बोधन गर्न पार्टीको राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देन गाइघाट आउने भएका छन् ।
स्थानीय चुनाब घोषणा भएसगै यो पार्टीले चुनावी सभालाइ तीब्रता दिदै आएको छ । उदयपुरको गाइघाटमा हुने सभालाइ सम्बोधन गर्न अध्यक्ष लिङ्गेनका साथै वरिष्ठ नेता बिक्रम पाण्डे, प्रबक्ता ग्यानेन्द्र शाही, अभिनेत्री रेखा थापा लगायत आउने तय भएको छ । सभामा धेरै जनता उतार्ने भन्दै राप्रपा उदयपुरले प्रचारप्रसारलाई तिब्रता दिएको छ । पार्टीका शीर्ष नेता सहभागी हुने भएकाले पार्टीले गाइघाट बजार आसपाससम्मै पार्टीका झन्डा राखेर बजारलाई सिगारेको छ ।
