
पूर्णपुष्टि, २८ बैशाख ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको साधारण सभा भोली हुने भएको छ । शनिवार संघकै भवनमा ११ बजदेखी ८ औँ साधारण सभा भव्यताका साथ हुने संघका अध्यक्ष रमेश रसाईलीले जनाएको छ । संघको ८ औँ साधारण सभामा संस्थाका गतिविधिहरुबारे प्रतिवेदन प्रस्तुत लगायतका आर्थिक प्रतिवेदनहरु पेश हुने छ ।
