
पूर्णपुष्टि, २८ बैशाख ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुरमा नव निर्मित तिन संरचनाको उद्घाटन गरेको छ । शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मारक उद्यान र लाईबेरी क्याफेको उद्घाटन गरेका छन् ।
शुक्रबार महानिरिक्षक कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा निर्माण गरिएको शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मारक उद्यान र लाईबेरी क्याफेको उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्दै महानिरिक्षक कुँवरले विश्व परिवेशमा बढ्दो अवश्थामा रहेको लागुऔषध दुव्र्यसनी विरुद्ध जिल्ला प्रहरी कायालय उदयपुरले सञ्चालन गरेको ‘आई डियर नो ड्रग’ क्याम्पियन अभियान प्रभावकारी देखिएको बताउनुभयो ।
महानिरिक्षक कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुरले सडक दुर्घटना न्युनिकरण तथा रोकथाम आत्महत्याका घटना न्युनिकरण र बालबिबाह लगायत सामाजिक अपराध विरुद्ध गरेको सचेतना कार्यक्रमहरुको प्रशंसा समेत गर्नुभयो ।
समाजमा अशान्ति–अराजक्ता फैलाउने, उतश्रृंखल, अपराधिक समुह, गैरकानुनी, अनौतिक कार्य गर्ने व्यक्ति र समुह विरुद्ध खरो रुपमा प्रस्तुत हुन भई कुनै किसिमको दबाब प्रभावमा नपरी शुन्य संय्ङक्षताका साथ कार्य सम्पादनमा जुटि रहन अनुरोध समेत गरे ।
